बुधबार, वैशाख १९, २०८१

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

 |  शनिबार, चैत २४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत २४, २०८०

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ।

triton college

आजै बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। आयोले उक्त सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिन भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकेको छ।

सोही दिनको अपराह्न ३ बजे उपरान्त चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन चैत २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ।

त्यसपछि आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी सोही चुनाव चिह्न प्रदान गर्नेछ। वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ।

corrent noodles
Metro Mart

इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार टुंगो लगाइसकेका छन्।

नेकपा (एमाले)ले इलाममा सुहाङ नेम्बाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ। नेपाली कांग्रेसले डम्बरबहादुर खड्का र बझाङमा अभिषेक उम्मेदवारलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

नेकपा माओवादीले उम्मेदवारी टुंगो लगाएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा मिलन लिम्बूलाई टिकट दिएको छ भने राप्रपाले लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने भएको छ।

जसपाले प्रेमदिप थाम्सुहाङ र राप्रपा नेपालले गणेशबहादुर चौहानलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन्।

प्रकाशित: Apr 06, 2024| 10:30 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्