आइतबार, वैशाख २३, २०८१

समयमा पाठ्यपुस्तक पाउँदा सुध्रियो नतिजा

 |  शनिबार, चैत २४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत २४, २०८०

चैनपुर- केदारस्यूँ गाउँपालिकाको जनचेतना आधारभूत विद्यालय देउरामा पढछिन्, अङ्किता दमाईं। अघिल्ला कक्षाहरूमा मुस्किलले प्राप्ताङ्क पुर्‍याउने अङ्किताले यसपटक भने कक्षामा उत्कृष्ट अङ्क ल्याइन्। पाठ्यपुस्तकको कमी र मेहेनत नहुँदा कमजोरी हुने अङ्किताको यस वर्षको नतिजा देखेर भने घरमा पनि सबै दङ्ग छन्।

triton college

“उसको पढ्ने रहर थियो तर पढ्नलाई किताबै पाइँदैन थिए”, उनको दिदी सिर्जनाले भनिन्, “पुराना किताब आधा च्यातिसकेका हुन्थे। घरमा पनि खासै पढाइमा कसैले सघाउँदैन थिए। यसअघि बहिनीको नतिजा पनि गतिलो हुँदैन थियो।” गत वर्ष पाँच कक्षामा भर्ना गर्न जाँदा नयाँ किताब पाएपछि भने बहिनीको पढ्ने बानीमा पनि विकास भएको भन्दै वार्षिक परीक्षामा उत्कृष्ट नतिजा आएको सिर्जनाले उनले बताइन्।

सोही विद्यालयका तेजेन्द्र भण्डारीले ४ कक्षामा पढ्ने बेला एउटा किताब फागुनमा पाइएको बताइन्। “फागुनमा किताब पढेर चैतमा जाँच दिएपछि पास हुनु मुस्किल हुन्थ्यो। मेरो मात्रै नभई अरू विद्यार्थीले पनि खासै पढ्न पाउँदैन थिए। यो पटक सबैले राम्रो अङ्क ल्याएर पास भएका छन्”, उनले भनिन्।

वित्थडचिर गाउँपालिकाको केदार माविमा पढ्ने विनोद बोहरा विद्यालयमा राम्रो विद्यार्थी भनेर चिनिन्छन्। गत वर्ष भर्नासँगै पुस्तक पाएपछि भने उनले झन् मेहेनत बढाए। “विगतका कक्षामा किताब पाउन त मुस्किल हुन्थ्यो। सरहरूले पनि किताब नआएको भन्दै पढाउन हेलचेक्रयाइँ गर्नुहुन्थ्यो”, उनले भने, “आधा कोर्ष पढाइ नहुँदै वार्षिक परीक्षा हुन्थ्यो। अहिले भने सबै पढाइ हुन्छ। विद्यार्थीहरू पनि राम्रो नम्बर ल्याएर पास हुन्छन्।”

बोहराको जस्तै अनुभव छ, सोही विद्यालयमा अध्ययन गर्ने कल्पना ढाँटको। उनले भनिन्, “सरकारले किताब दिएको छ, सरहरूले खुसी भएर पढाइरहनुभएको छ। सङ्घसंस्थाले सहयोग गरिरहनुभएको छ। केही अपुग भए पनि हामी गुनासो गर्छौं। समस्या समाधान हुन्छ।” जिल्लाकै बढी विद्यार्थी हुनेमध्येको केदार माविमा यसपटक नतिजा राम्रो आएको उनले सुनाइन्।

corrent noodles
Metro Mart

शैक्षिक सत्रसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेमा नतिजा सुधारोन्मुख हुने शिक्षा विकास तथा समन्वय इकाइ बझाङले जनाएको छ। इकाइका सूचना अधिकारी वसन्तबहादुर सिंहका अनुसार विद्यार्थीको नतिजाको तथ्याङ्क यकिन नभए पनि नतिजामा सकारात्मक सुधार आएको छ। पाठ्यपुस्तक समयमै विद्यार्थीले पाउँदा वर्षभरिमा पढाइ पनि हुने र ज्ञान पनि हासिल गर्ने उनले बताइन्।

गत शैक्षिक सत्र २०८० को वैशाखमा विद्यार्थी भर्नासँगै हात–हातमा पाठ्यपुस्तक वितरण गरेका सामुदायिक विद्यालयले यस वर्ष पनि भर्नासँगै पाठ्यपुस्तक वितरण गर्ने तयारी गरिरहेका छन्। कतिपय विद्यालयले आवश्यकताअनुसार चैतमै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसकेका छन् भने कतिले ल्याउने तयारी गरिरहेका छन्।

खप्तडछान्ना गाउँपालिकाको शिक्षा शाखा प्रमुख हरिप्रसाद सोतीका अनुसार जम्मा विद्यार्थी सङ्ख्याको ७५ प्रतिशत पुग्ने गरी पाठ्यपुस्तकका लागि विद्यालयलाई भुक्तानी भइसकेको छ। “सोही अनुसार विद्यालयले पाठ्यपुस्तक ल्याउँछन्”, उनले भनिन्, “नतिजापछि विद्यार्थीहरू घटबढ हुन सक्छन् भनेर अहिले ७५ प्रतिशत पाठ्यपुस्तक ल्याउन विद्यालयलाई भनेका छौँ। बढी ल्याउँदा पछि खेर जान पनि सक्छन्। बरू छुटेको खण्डमा फेरि पुस्तक ल्याउन विद्यालयलाई भुक्तानी गरिदिन्छौँ।”

जनक शिक्षा सामग्री केन्द्रका आधिकारिक बिक्रेता रहेका पुस्तक पसलले पुस्तक ढुवानी गरिरहेका शिक्षा विकास तथा समन्वय विकास इकाइले जनाएको छ। इकाइका अनुसार जिल्लाका सबै सामुदायिक विद्यालयबाट विद्यार्थीले नयाँ पुस्तक पाउनेछन्।

प्रकाशित: Apr 06, 2024| 07:01 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्