आइतबार, पुस १३, २०८२

भारदहमा १० करोडको एकीकृत हाटबजार निर्माण हुँदै

 |  शुक्रबार, चैत २३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २३, २०८०

राजविराज- ग्रामीण क्षेत्रमा उत्पादित तरकारी तथा फलफूल बिक्री वितरण सहज रुपले गर्ने वातावरण बनाउन एकीकृत हाटबजार निर्माण भइरहेको छ।

National life

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहमा एकीकृत कृषि हाटबजार निर्माण थालिएको हो। स्थानीय बिपी मावि भारदहले १५ कट्ठा जग्गा व्यवस्थापन गराएपछि हाटबजार निर्माणले तीव्रता पाएको वडाध्यक्ष सुरेन्द्र मण्डलले बताए। 
    
यसअघि खुला चौर वा सडक किनारमा बजार लाग्ने गरेकाले यसलाई व्यवस्थित बनाउँदै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एकीकृत कृषि हाटबजार निर्माण थालिएको उनको भनाइ छ।

करिब पाँचसय व्यापारी अटाउन सक्ने क्षमतासहित निर्माण भइरहेको हाटबजारमा ५० मिटर लम्बाइ र ४० मिटर चौडाइको हाटबजार स्थल निर्माण भइरहेको स्थानीय जनमत पार्टीका नेता श्यामसुन्दर मण्डलले बताए।

'ग्रामीण क्षेत्रलाई बजारीकरण गरी यहाँको विकास गर्न एकीकृत बजार निर्माण थालेका छौँ', उनले भने, 'यसले सबैलाई सहयोग पुग्नेछ। यहाँ खाद्यान, लत्ताकपडा, माछा, मासुसहित स्थानीय उत्पादन भएका सामग्री राखिनेछन्।'

सार्वजानिक शौचालयसहित सडक बाटो र नालासमेत निर्माण गरिने हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ। १० करोड रूपैयाँको लागतमा उक्त हाट निर्माण भइरहेको जनाइएको छ।

Laxmi sunrise bank
kumari

जग्गा अभावका कारण भारदह, पोरताहा र मधवापुरमा हालसम्म व्यवस्थित बजारमा हटियाको सेड निर्माण हुन सकेको छैन। दर्जनौँ व्यक्तिको निजी जग्गामा हाल रहेको पोरताहामा तरकारी हटिया शुक्रबार र मंगलबार लाग्ने गर्दछ।

रोड नेटवर्क, हरित पार्क, आधुनिक शौचालय, लाइट व्यवस्थापन र गाडी पार्किङको सुविधासहित तयार हुने एकीकृत भारदह हाटबाजार चौबिसै घण्टा सञ्चालन गर्ने लक्ष्य लिइएको छ। पूर्वपश्चिम राजमार्गसँग जोडिएर रहेको भारदहमा एकीकृत हाट सञ्चालनमा आएपछि यहाँ व्यापारव्यवसाय फस्टाउँनुका साथै आर्थिक समृद्धि हासिल हुने बुद्धिजीवीहरुको भनाइ छ। रासस

प्रकाशित: Apr 05, 2024| 22:01 शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्