आइतबार, पुस १३, २०८२

ओलीको उद्घोष- अझै २० वर्ष सक्रिय राजनीति गर्छु

 |  शुक्रबार, चैत २३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २३, २०८०

National life
Laxmi sunrise bank
kumari

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन्। शुक्रबार नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई सही बाटोमा अघि बढाउन आफू अझै २० वर्ष सक्रिय राजनीतिमा रहने घोषणा गरे।

उनले भने, 'नेकपा एमाले अहिले नयाँ समीकरणको सरकारमा छ। तर पार्टी आफ्ना-आफ्ना छन्। पार्टीका आफ्ना-आफ्ना नीति छन्। पार्टीका आ-आफ्ना उद्देश्य छन्। आफ्ना उद्देश्य नछोडिकन, आफ्ना नीति नछोडिकन अहिलेको अवस्थामा सरकारमा सँगै बसेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने, अपसंस्कृति र सांस्कृतिक अधोपतनलाई फेरि सुबाटोमा फर्काउनुपर्ने अभिभारा छ। कसैले एमाले बिनाको नेपाल भने त कसैले केपी ओलीबिनाको नेपाल भनेर सोचे। तर अब त्यस्तो नसोचे पनि हुन्छ- मैले पोहोर परार भनेको थिएँ, जुँगा अलि काला- काला हुन थाले भनेर। मेरो कपाल सबै झरेको थियो, अहिले पलाउन थालेको छ। यो रोपेको होइन, आफैं पलाउन थालेको हो। अझै २० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ। नेकपा एमाले र यस देशलाई ठिक बाटोमा अघि बढाएर यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर, अनिमात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ।'

उनले सबैले सरापे पनि आफ्नो नेतृत्वमा एमाले झन् बलियो बन्दै गइरहेको टिप्पणी गरे। उनले ०८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने गरी अहिलेदेखि संगठन निर्माणमा परिचालित हुन समेत नेता कार्यकर्तालाई निर्देशन दिए। नयाँ सत्ता समीकरणमा एमाले पनि रहेको र पार्टीका आफ्ना उद्देश्य र नीति नछोडिकन राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

प्रकाशित: Apr 05, 2024| 15:22 शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्