सोमबार, असार ८, २०८३

सुनसरीका दुई पालिकामा अनिश्चितकालीन निषेधाज्ञा

 |  शुक्रबार, चैत २३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २३, २०८०

सुनसरीका दुई गाउँपालिका निषेधाज्ञा जारी गरिएको छ। सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले आज मध्याह्न  १२ बजेदेखि  लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका हुन्।

National life

बिहीबार एसइईको परीक्षा हुँदै गर्दा हरिहर गाउँपालिका-१ स्थित बालकृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीमाथि कुटपिट भएको थियो। उक्त झगडालाई लिएर भीडभाड भइरहँदा सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको हो।

भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ। एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो । प्रहरीले ११ राउण्ड अश्रुग्यास पनि प्रहार गरेको छ ।

दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।

Shivam cement

 

प्रकाशित: Apr 05, 2024| 13:47 शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्