बुधबार, वैशाख १९, २०८१

उपनिर्वाचनका लागि १५३ मतदान स्थल

 |  शुक्रबार, चैत २३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २३, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- निर्वाचन आयोगले यही वैशाख १५ गते हुने इलाम-२ को प्रतिनिधि सभा र बझाङ-१ को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ।

निर्वाचन आयोगका अनुसार दुई क्षेत्रमा १५३ मतदान स्थल तोकिएको हो। निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ-१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ।

प्रकाशित: Apr 05, 2024| 13:45 शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्