बुधबार, भदौ १०, २०८३

धादिङका किसानलाई चैते धानको धमाधम

 |  शुक्रबार, चैत २३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २३, २०८०

मलेखु- धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन्। समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो। केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन्।

चैतको सुरुवातमै धान रोपिसक्नुपर्ने भए पनि तीन बाली लगाउने खेतमा तरकारी बाली उठाएर रोपाइँ गर्नुपरेकाले केही ढिलो भएको नीलकण्ठ नगरपालिका-७ का किसान बलराम अधिकारीले बताए।

कृषि विकास कार्यालय धादिङका अनुसार जिल्लाभर दुई हजार दुईसय ८८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। जिल्लामा दश हजार मेट्रिक टन चैतधान उत्पादन हुँदै आएको वरिष्ठ कृषि प्रसार अधिकृत निर्मला गुरुङले जानकारी दिए। उनले रोपाइँ भर्खर प्रारम्भ भएकाले चैतेधान कति किसानले रोपे भन्ने विवरण संकलन भइनसकेको बताए।

प्रकाशित: Apr 05, 2024| 07:01 शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्