आइतबार, चैत २९, २०८२

बिहीबारको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

काठमाडौं- बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य र कानुन मन्त्रालयको प्रस्तावमा केही निर्णय गरेको छ। कानुन न्याय तथा स‌ंसदीय मामिला मन्त्रालयको प्रस्तावमा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने निर्णय गरेको छ।

National life

बैठकले कानुन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्। सोहीसम्बन्धी सूचना छिट्टै राजपत्रमा प्रकाशित गर्ने उनले जानकारी दिइन्।

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्राडा पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त निर्णय भएको छ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापाका डा ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ।

प्रकाशित: Apr 04, 2024| 15:48 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्