बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विमान खरिदमा पूर्वमन्त्री र दुई पूर्वसचिवलाई भ्रष्टाचार मुद्दा [अख्तियारको आरोपपत्रसहित]

विमान खरिदमा पूर्वमन्त्री र दुई पूर्वसचिवलाई भ्रष्टाचार मुद्दा [अख्तियारको आरोपपत्रसहित]

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

काठमाडौं- नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकर अधिकारी, वायुसेवा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंसाकारसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

जहाज खरिद प्रक्रिया सामेल तत्कालीन पदाधिकारीसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको हो। करिब १ अर्ब ४७ करोड रुपैयाँ हानीनोक्सानी गरेको अभियोग उनीहरूमाथि मुद्दा दायर गरिएको हो।

यो प्रकरणमा बहालवाला सहसचिव बुद्धसागर लामिछाने पनि अभियुक्त बनाइएका छन्। उनी पर्यटन मन्त्रालयका सहसचिव हुन्।

वायुसेवा निगमका तत्कालीन सञ्चालक समितिका सदस्यहरू टेकनाथ आचार्य, नीमानुरु शेर्पा, ऋषिराम पाण्डे, अच्युतराज पहाडी, जीवनप्रकाश सिटौला र निगमका तत्कालीन निर्देशक रमेशबहादुर शाह लगायत पनि प्रतिववादी छन्।

यस्तो छ आरोपपत्र

 

 

प्रकाशित: Apr 04, 2024| 15:23 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्