आइतबार, चैत २९, २०८२

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

दैलेख- पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ। दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका-३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी दिए।

National life

नेपालगञ्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित आयोजनास्थलमा उपकरण ढुवानी गर्ने क्रममा मप०३००१ख ७८१७ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो 

'सडक चौडा पार्ने कम्पनीले सडकमा छाडेका गिट्टीका कारण ट्रक सडकमै पल्टिएको थियो। दुईवटा क्रेनको सहायताले ट्रक उठाइएको छ', प्रमुख जिल्ला अधिकारी भुसालले भने।

चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालबाहक ट्रक अन्वेषणस्थलमा पुगिसकेका छन्। 

विसं २०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो। सोही बमोजिम २०७५ साल माघमा चीन र नेपालबीच परियोजना स्वीकृत भइ २०७६ सालदेखि प्रारम्भिक सर्वेक्षण सुरु भएको थियो। हाल जलजलेमा ४५ रोपनी जग्गा अधिग्रण गरी ड्रिलिङको तयारी गरिएको छ। रासस

kumari

प्रकाशित: Apr 04, 2024| 15:19 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्