मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • एक वर्षभित्र अमेरिकी अर्थमन्त्री दोस्रोपल्ट चीन भ्रमणमा

एक वर्षभित्र अमेरिकी अर्थमन्त्री दोस्रोपल्ट चीन भ्रमणमा

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

एन्कोरेज- अमेरिकी अर्थमन्त्री जानेट येलेन चीनसँगको व्यापार र लगानीसम्बन्धी विषयमा छलफल गर्न चीन प्रस्थान गरेका छन्। एक वर्षभित्र अर्थमन्त्री येलेनको चीनको यो दोस्रो भ्रमण हो।

National life

चीनमा रहँदा उनले केही औद्योगिक क्षेत्रमा चीनले व्यापक लगानी गरेपछि त्यसबाट उत्पन्न चासो र चिन्ताप्रति चिनियाँ अधिकारीहरुसँग छलफल गर्नेछन्। यही अप्रिल ३ देखि ९ तारिखसम्म हुने अर्थमन्त्री येलेनको भ्रमण दक्षिणी शहर ग्वान्झाउबाट सुरु हुनेछ। ग्वान्झाउमा येलेनले त्यहाँ रहेका अमेरिकी कम्पनीका प्रतिनिधिबाट ब्रिफिङ लिनुका साथै चिनियाँ अधिकारीहरुसँग छलफल गर्नेछन्। उनले ग्वान्झाउमा चीनका उपप्रधानमन्त्री हे लिफेङर ग्जान्झाउका प्रान्तीय गभर्नर वाङ वाइझोङसँग भेटवार्ता गर्नेछन्।

त्यसपछि अर्थमन्त्री येलेन बेइजिङका लागि प्रस्थान गर्नेछन्। बेइजिङमा उनले चिनियाँ प्रधानमन्त्री लि क्याङ, अर्थमन्त्री लान फोआन र केन्द्रीय बैंकका गभर्नर पान गोङसेङसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री येलेनसँगै यात्रारत पत्रकारले सोधेको प्रश्नमा येलेनले चीनले कतिपय औद्योगिक क्षेत्रमा अत्यधिक लगानी गरेकाले त्यसतर्फ हामीले चासो राख्ने बताए। चीनको यस लगानीबाट अमेरिका र अन्य मुलुकमा रहेका उद्योग व्यवसायमा पनि असर पर्ने खतरा रहेको उनको भनाइ छ।

अर्थमन्त्री येलेनले चीनले खासगरी सोलार व्याट्री, विद्युतीय सवारीसाधन र ब्याट्रीमा बढाएको लगानीबाट अमेरिकी अर्थतन्त्रमा पनि असर पर्ने खतरा देखिएको बताए। अमेरिकाले यी सामानको उत्पादन देशभित्रै गरेर आत्मनिर्भर हुन चाहेको छ, तर चीनले अतिरिक्त अनुदान दिएपछि चिनियाँ कम्पनीका सामान सस्तिएका छन्।

Laxmi sunrise bank
kumari

चिनियाँ सामानमा थप कर लगाउनेतर्फ अमेरिकाले विचार गरिरहेको छ कि भन्ने प्रश्नमा येलेनले अमेरिकी उत्पादनको संरक्षण गर्ने उपायहरु हामीसँग रहेका छन् भने। विश्वकै दुई ठूला अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यावसायिक सम्बन्धलाई स्थायित्व प्रदान गर्न बाइडेन प्रशासनले कार्य गरिरहेको बताइएको छ।

गत वर्ष जुलाई २०२३ मा निकै तनावपूर्ण सम्बन्धका बीच भएको वार्ता निकै फलदायी रहेको थियो। खासगरी ताइवान मामिलालाई लिएर दुबै देशबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो। तर आर्थिक तथा वित्तीय नीति सम्बन्धमा छलफल गर्न दुबै देशबीच संयुक्त कार्यसमूह गठन भएको थियो। यो कार्यसमूहको बैठक यसै महिना बस्दैछ ।

अमेरिकी अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार येलेनको चीन भ्रमणका अवसरमा चिनियाँ समकक्षीसँग चीनको गलत व्यापार अभ्यासका विषयमा दबाब दिइने छ। चिनियाँ सामानको व्यापक आयातले अमेरिकी फर्म र कामदारमाथि निकै असर गरेको अमेरिकी अधिकारीहरुको भनाइ छ।

चिनियाँ सामानको यस किसिमको आप्रवाहलाई टुलुटुलु हेरेर बस्न सकिन्न, अमेरिकी उप अर्थमन्त्री जे शामबागले बताए।

प्रकाशित: Apr 04, 2024| 14:01 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्