बुधबार, भदौ १०, २०८३

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

सुर्खेत- जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए।

मंगलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते भएकी अधिकारीको आज बिहान मृत्यु भएको उनले जानकारी दिए।

प्रकाशित: Apr 04, 2024| 13:23 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्