बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले उपनिर्वाचनका उम्मेदवार टुंग्यायो- इलाममा खड्का, बझाङमा सिंह

कांग्रेसले उपनिर्वाचनका उम्मेदवार टुंग्यायो- इलाममा खड्का, बझाङमा सिंह

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

काठमाडौं- नेपाली कांग्रेसले यही वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार टुंगो लगाएको हो।

कांग्रेसले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर-२ मा डम्बर खड्का र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्रमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

अन्य दलले भने दुवै क्षेत्रमा यसअघि नै उम्मेदवार टुंगो लगाइसकेका छन्।

 

प्रकाशित: Apr 04, 2024| 12:46 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्