बुधबार, भदौ १०, २०८३

सामुदायिक वनमा प्रहरी जवान मृत फेला

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

धनगढी उपमहानगरपालिका-७ स्थित मनेहरा सामुदायिक वनमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। दार्चुलाको शैल्यशिखर-९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक मृत भेटिएका हुन्।

प्रहरी जवान विक बुधबार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

विकको परिवार धनगढीमा बस्दै आएको थियो। उनी बझाङबाट बिदा लिएर धनगढी आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।

प्रकाशित: Apr 04, 2024| 10:12 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्