बुधबार, भदौ १०, २०८३

गायक राजेशपायल राई पक्राउ

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

काठमाडौं- गायक राजेशपायल राई पक्राउ परेका छन्। उनीसहित ६ जनालाई प्रहरीले काठमाडौंको देवीनगरस्थित मदन भण्डारी कलेज नजिकैबाट पक्राउ गरेको हो।

बुधबार राति २ बजेतिर मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वरले बताएको छ। उनीहरुलाई बानेश्वरको हिरासतमा राखिएको छ।

प्रकाशित: Apr 04, 2024| 08:27 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्