सोमबार, असार ८, २०८३

नयाँ मुना पलाएपछि सुरु भयो चियाको पहिलो टिपाइ

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

इलाम- इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ। बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो।

National life

यस वर्ष ढिलो पानी परेकाले पनि ढिलो गरी नै चिया पलाएको किसानको भनाइ छ। गएका वर्षमा चियाको पहिलो टिपाइ चैत पहिलो साता नै हुने गरेको भए पनि यस वर्ष चैत अन्तिममा मात्र चियाको टिपाइ सुरु भएको बताइएको छ।

जिल्लाको तल्लो क्षेत्रमा चिया टिप्न सुरु गरिएको भए पनि माथिल्लो क्षेत्रमा अझै चिया पलाएको छैन। लेकाली क्षेत्रमा अझै मुना नपलाएको किसान ठाकुर खतिवडाले बताए। मध्यम र तातो बढेका क्षेत्रमा मुना पलाएकाले चिया टिप्न सुरु गरिएको छ। पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले पनि यो चिया महँगो मूल्यमा बिक्ने गरेको छ।

पहिलो टिपाइलाई ‘फस्ट फसल’ समेत भन्ने गरिन्छ। यसबाट गुणस्तरीय चिया निर्माण हुने भएकाले विदेशी नागरिकले समेत पहिलो टिपाइ नै खोज्ने गरेका छन्। चियाको टिपाइ सुरु भएपछि बगानका मजदुर व्यस्त भएका छन्। चिया कारखानाले पनि चिया प्रशोधनको तयारी थालेका छन्।

केही कारखानाले यस वर्षको चिया उत्पादन गर्न थालेको बताइएको छ। हिउँदमा खाली रहेका चिया किसानसमेत अब भने व्यस्त हुने भएका छन्। चिया चैतबाट टिपाइ सुरु भएर कात्तिकदेखि उत्पादन बन्द हुन्छ।

Shivam cement

चिसो मौसम सुरु भएसँगै चियाको उत्पादनसमेत बन्द हुने गरेको छ। कात्तिक र मङ्सिर महिनामा चियालाई छाँटकाँट गरिन्छ। फागुन र चैतमा चियालाई गोडमेलसँगै गाई वस्तुको मल पनि लगाइने गरेको छ। चियाको टिपाइ करिब सात दिनको अन्तरमा हुने गरेको छ। 

प्रकाशित: Apr 03, 2024| 20:01 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्