बुधबार, वैशाख १९, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य

महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

काठमाडौं– महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ। एनआइसी एशिया क्यापिटलद्धारा सञ्चालित खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको हो।

triton college

महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ। देशभर रहेका लगानीकर्ताहरुको एनआईसी एशिया डाइनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ। हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिनेछ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेकाछन्। साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ।

 

प्रकाशित: Apr 03, 2024| 13:48 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्