बिहीबार, वैशाख २०, २०८१

होन्डाको एनएक्स२०० नेपाली बजारमा

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

काठमाडौं– होन्डा कम्पनीले नयाँ मोटरसाइकल एनएक्स२०० नेपाली बजारमा भित्र्याएको छ । एनएक्स२०० बाईकलाई सिटी राइडिंग र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ ।

triton college

एनएक्स२०० मा उपलब्ध ‘वाइण्ड भाइजर’ र ‘एलईडी विंकर’ सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको कम्पनीले जनाएको छ । ‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्नेगरि चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि एनएक्स२०० को अरु थप उल्लेखनीय विशेषता रहेको बताइएको छ ।

एनएक्स२०० मा रहेको ‘फ्रन्ट ए बी एस सिस्टम’ र ‘डूअल पेटल डिस्क ब्रेक’ रहेको छ । ‘पीजीएम एफआई सिस्टम’ले इन्धनको बचत गर्ने कम्पनीको दाबी छ । १० वर्षसम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रंगमा उपलब्ध एनएक्स२०० को सुरुवाती बिक्री मूल्य ४ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

 

प्रकाशित: Apr 03, 2024| 13:48 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्