बुधबार, वैशाख १९, २०८१

कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

काठमाडौं– कुमारी बैंकले देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर ‘ग्लोबल मनी वीक मनाएको छ । वित्तीय साक्षरताको अभावमा आइपर्ने समस्या र चुनौतीका बारेमा बैंकले देशका विभिन स्थानका नागरिकलाई सचेतना कार्यक्रम आयोजना गरेको हो ।

triton college

त्यस क्रममा वित्तीय ज्ञानको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसंगतीका शिकार हुन पुगेका वा हुनसक्ने सम्पूर्ण समुदायमा वित्तीय ज्ञानको सम्प्रेषण गर्दै वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तीय मनोवृद्धि प्रवद्र्धनमार्फत् कुसल वित्तीय व्यवहार विकासमा केन्द्रीत रहेर विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

त्यस क्रममा वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन गर्दै वित्तीय साक्षरता तथा आचरण प्रवद्र्धनका लागि कर्मचारीहरूको प्रतिवद्धता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । देशैभरी वर्षै भरी वित्तीय साक्षरता प्रवद्र्धनका लागि राष्ट्रिय स्तरमा स्थापित कलाकारको अभिनयसहितको भिडिओ श्रृंखला तथा सामाजिक विषय वस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक पनि सार्वजनिक गरिएको छ ।

 

प्रकाशित: Apr 03, 2024| 13:47 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्