बिहीबार, वैशाख २०, २०८१

प्रभु महालक्ष्मी लाइफको सद्भावना दूतमा गजुरेल

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो ब्राण्ड एम्बेसडरमा हास्य कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गजुरेलसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

सम्झौता पत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं तथा कलाकार गजुरेलले हस्ताक्षर गरे। कार्यक्रममा प्रसाईंले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा गौरवान्वित भएको बताए।

गजुरेलले जीवन बीमा जस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। सम्झौतापछि ब्राण्ड एम्बेसडर गजुरेलले इन्स्योरेन्सका सेवाहरुको प्रचारात्मक कार्य, कार्पोरेट ब्राण्ड प्रवर्द्धन तथा संरक्षण, सभा गोष्ठीलाई सम्बोधन सम्बन्धी कार्यहरू गर्ने जानकारी गराइएको छ। उक्त सम्झौता हाललाई एक वर्ष कायम रहने इन्स्योरेन्सले जनाएको छ।

प्रकाशित: Apr 03, 2024| 13:32 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्