सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम, १९ सयभन्दा बढी विद्यार्थी लाभान्वित

ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम, १९ सयभन्दा बढी विद्यार्थी लाभान्वित

 |  बुधबार, चैत १४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत १४, २०८०

काठमाडौं- नबिल बैंकले ’ग्लोबल मनी विक २०२४’ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम गरेको छ। वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ–नयाँ कार्यक्रमहरू अघि सार्दै आएको यस बैंकले युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गर्‍यो।

National life

मार्च १८ देखि २४ गतेसम्म विश्वभर ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो। यही अभियानअन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा १९ सय भन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो।

नबिल बैंकले युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउनुपर्छ र त्यसका लागि राम्रो वित्तीय ज्ञान दिन जरुरी छ भन्ने ध्येयले जागरुकता अभियान सञ्चालन गर्दै आएको छ। ग्लोबल मनी विकको सन्दर्भमा सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जनाएको छ।

वित्तीय साक्षरता प्रोत्साहित गर्न देशभरका विभिन्न शैक्षिक संस्थामा नबिल बैंकका शाखाहरूले आयोजना गरेको कार्यक्रमबाट कोशी प्रदेशका ६७३ भन्दा बढी विद्यार्थीले लाभ उठाएका थिए। त्यस्तै, मधेश प्रदेशका २२० विद्यार्थी वित्तीय साक्षरता कक्षामा सहभागी भएका थिए। बागमती प्रदेशका विभिन्न कलेजमा सञ्चालन गरिएका कार्यक्रमबाट ४२५ भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन्।

साथै, नेपाल बैंकर्स एसोसिएसन चितवनले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी र्‍यालीमा बैंकले सहभागिता जनाएको थियो, जसमा करिब ३०० जना बैंकर्स साथै सर्वसाधारण सहभागी थिए। लुम्बिनी प्रदेशका १ सय ३५ र सुदूरपश्चिम प्रदेशका १ सय २० विद्यार्थीले बैंकले सञ्चालन गरेको साक्षरता कार्यक्रमबाट लाभान्वित भएका छन्। त्यस्तै, कर्णाली प्रदेशमा करिब २४० जना विद्यार्थी लाभान्वित भएका छन्।

Laxmi sunrise bank
kumari

गण्डकी प्रदेशमा भने फरक शैलीबाट यो कार्यक्रम गरिएको थियो। गण्डकी प्रदेशको पोखरा शाखाले लोफा पोखरासँगको सहकार्यमा वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता गरेको हो। कक्षा ८ देखि १० र ११ देखि स्नातकसम्मका विद्यार्थीहरू बिच २ तहमा उक्त प्रतिस्पर्धा गराइएको थियो।

। अन्तिम नतिजा यसै साता घोषणा गरिदैँछ। यस कार्यक्रम अन्तर्गत प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरिने नबिल बैंक पोखरा शाखाले जनाएको छ।

नबिल बैंकले वित्तीय साक्षरता विस्तार गर्न तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्नका लागि वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यस्तै, सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल एसएसई’ लगायतका कार्यक्रमहरू सञ्चालन गर्‍यो। युवा तथा विद्यार्थीकेन्द्रित सस्तो ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जालगायतका कार्यक्रम सञ्चालन गरियो।

हाल यस नबिल बैंकले देशभर रहेका आफ्ना २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएमबाट गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Mar 27, 2024| 21:13 बुधबार, चैत १४, २०८०
प्रतिक्रिया दिनुहोस्