मंगलबार, असार ९, २०८३

चैते धानखेतीतर्फ किसानको आकर्षण

 |  बुधबार, चैत १४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत १४, २०८०

झापा- धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतीस्तर्फ झापाका किसान आकर्षित भएका छन्। विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो।

National life

जिल्लामा विगतमा तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए।

सूचना अधिकारी भण्डारीका अनुसार लागत कम र बढी मूल्य पाउन थालेपछि यस वर्ष जिल्लामा चैते धानखेती गर्ने किसान बढेका हुन्। जिल्लामा  आर्थिक वर्ष २०७९–८० मा १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकोमा यस वर्ष बढ्ने केन्द्रले जनाएको छ।

कन्काई नहरबाट सिञ्चित क्षेत्रमा केन्द्रले किसानलाई प्रविधि प्रदर्शनीको व्यवस्था गरेसँगै चैते धानप्रति किसानको आकर्षण बढेको हो। कन्काई सिँचाइ आयोजना क्षेत्रमा उन्नत कृषि प्रविधि प्रदर्शन र धानखेतीमा प्रयोग हुने आधुनिक मेसिनरीबारे दुईवटा कार्यक्रम सञ्चालन गरिएको थियो।

शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका गरी चारवटा स्थानीय तहमा सो कार्यक्रम लागू भएको छ।

Shivam cement

गौरादह नगरपालिका–९ का किसान यादव रिमाल आधुनिक प्रविधिको प्रयोग गरेर कम लागतमा चैते धान लगाउन पाएकामा मक्ख छन्। उनले ज्ञान केन्द्रको सहयोगमा आफूले आधुनिक प्रविधि प्रयोग गरेर धानखेती गरेको बताए। उनले विगतमा जस्तो सिँचाइ असुविधा, धानको मूल्यमा समस्या नहुँदा पनि चैत धान खेतीप्रति उत्साहित भएर लगाएको बताए।

गौरीगञ्ज गाउँपालिका– १ का किसान इन्द्रबहादुर राजवंशीले ज्ञान केन्द्रले किसानले उत्पादन गरेको धान खेतबाटै जिल्लाका विभिन्न राइस मिलमा बिक्रीको व्यवस्था मिलाइदिएको बताए। उनले भने, ‘प्रविधिको प्रयोग गरेर खेती गर्दा अलि झन्झट भए पनि प्रतिफल राम्रो दिन्छ।’

कृषि मन्त्रालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७९–८० झापामा बर्खाको समयमा ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो। कृषि ज्ञान केन्द्रका  अनुसार आव २०७९८० मा झापा जिल्ला चैते धान १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएकाेमा एक लाख चार हजार १४ मेट्रिक टन उत्पादन भएको थियो।

प्रकाशित: Mar 27, 2024| 17:01 बुधबार, चैत १४, २०८०
प्रतिक्रिया दिनुहोस्