बिहीबार, भदौ ११, २०८३

वरिष्ठ साहित्यकार सुवेदीको निधन

 |  बुधबार, चैत १४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत १४, २०८०

मोरङ- वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ। उहाँको ७८ वर्षको उमेरमा आज बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

विसं २००३ मा भोजपुरको दिङ्लामा जन्मिनुभएका साहित्यकार सुवेदी क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो। पूर्वाञ्चल विश्वविद्यालयमा १२ वर्षसम्म सूचना अधिकृतको रूपमा काम गरेको उनका एक दर्जन मौलिक कृति प्रकाशित छन्। नेपालीमा स्नातकोत्तर गर्नुभएका साहित्यकार सुवेदीले पूर्वाञ्चल साहित्य प्रतिष्ठानको सदस्य सचिव तथा प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरको अध्यक्ष भइ नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका थिए। 

साहित्यकार सुवेदी विराटनगरलाई कर्मभूमि बनाएर नेपाली भाषा र साहित्यमा सक्रिय हुनुहुन्थ्यो। उहाँका ‘साधनाको अभिरेखाङ्कन’, ‘मातृकाका कथा’, ‘उनको कथाशिल्प’, ‘प्रतिभा र प्रस्तुति’, ‘नेपाली साहित्यका मुस्कानहरु’लगायत कृति लोकप्रिय छन्। सुवेदीका नाममा उहाँका छोराहरुले २०७३ सालमा ‘दधिराज पुरस्कार प्रतिष्ठान’ स्थापना गर्नुभएको छ। सो प्रतिष्ठानमार्फत २०७३ सालदेखि बर्सेनि दुई स्रष्टालाई सम्मान गरिँदैआएको साहित्यकार तथा पत्रकार कृष्णविनोद लम्सालले जानकारी दिए।   

सुवेदीको विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ। सुवेदीका दुई छोरा, एक छोरी र श्रीमती छन्। 

प्रकाशित: Mar 27, 2024| 13:56 बुधबार, चैत १४, २०८०
प्रतिक्रिया दिनुहोस्