सोमबार, पुस १४, २०८२

इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादीको निर्णय

 |  बुधबार, चैत १४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत १४, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा जानकारी गराएका थिए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभामा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए। उम्मेदवारको नाममा छलफल बाँकी रहेको र आगामी बैठकमा आवश्यक निर्णय गरिने उनको भनाइ छ।

ती क्षेत्रका उम्मेदवारको नाम  सिफारिस भएर आएपछि आवश्यक निर्णय हुने माओवादी केन्द्रले जनाएको छ। यस्तै, प्रदेश सरकारको विषयमा छलफल भए पनि सत्तागठबन्धनमा आबद्ध दलहरुका बीचमा आवश्यक परामर्शपछि निर्णय गरिनेछ। बिहीबारसम्म प्रदेश सरकारका बारेमा टुङ्गो लगाउने तयारी छ। 

प्रकाशित: Mar 27, 2024| 12:50 बुधबार, चैत १४, २०८०
प्रतिक्रिया दिनुहोस्