सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन

 |  बुधबार, चैत १४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत १४, २०८०

सिमकोट- रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको संयोजकत्वमा रोजगार संवाद मञ्च गठन भएको छ। 

National life

प्रशासकीय अधिकृत सुवास आलेले रोजगार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार गाउँपालिकास्तरीय रोजगार संवाद मञ्च गठन गरिएको बताए। गाउँपालिका अध्यक्ष भण्डारी संयोजक र उपाध्यक्ष सुशीला रोकाय भाम सहसंयोजक रहने गरी नौ सदस्यीय रोजगार संवाद मञ्च गठन गरिएको उनले जानकारी दिए।

समितिमा उद्योग वाणिज्य सङ्घ, निर्माण व्यवसायी सङ्घ, गैरसरकारी संस्था, नागरिक समाज, प्रशासकीय अधिकृतलाई सदस्य तोकिएको छ भने रोजगार संयोजकलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ। 

प्रशासकीय अधिकृत आलेले हाल सञ्चालनमा रहेको प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन पक्षलाई व्यवस्थित बनाउन र गाउँपालिकाले अन्य सरोकारवालाको समन्वय र सहकार्यमा रोजगारीका क्षेत्र पहिचान गर्न मञ्च उपयोगी हुने बताए। हाल प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमले दैनिक ज्यालालाई मात्र प्राथमिकता दिएकामा अब भने आयआर्जनका क्षेत्रमा लगानी गर्ने उनले बताए।

उनले सधैँ प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमप्रति निर्भर नरहेर गाउँपालिकाले आफ्नै लगानीबाट आयआर्जनका क्षेत्र पहिचान गरेर त्यसलाई कार्यान्वयन गर्न मञ्चले सुझाव दिएर सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 27, 2024| 10:50 बुधबार, चैत १४, २०८०
प्रतिक्रिया दिनुहोस्