सोमबार, पुस १४, २०८२

चट्याङ लागेर चितवनमा एकै घरका तीन जना घाइते

 |  मंगलबार, चैत १३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १३, २०८०

National life
Laxmi sunrise bank
kumari

चितवन- चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो।
 
चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए। 

सानुमाया तथा मनिषा सामान्य घाइते भएका र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए। छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको तथा उनको आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको उनले बताए। चट्याङबाट एककोठे कच्ची घर पनि जलेर नष्ट भएको उनले बताए। 

प्रकाशित: Mar 26, 2024| 15:45 मंगलबार, चैत १३, २०८०
प्रतिक्रिया दिनुहोस्