सोमबार, पुस १४, २०८२

पाक्नै लागेको बालीमा असिनापानीले क्षति

 |  मंगलबार, चैत १३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १३, २०८०

महोत्तरी- असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको बालीमा क्षति पुगेको छ। आज बिहान परेको असिनापानी र हुरीबतासले महोत्तरीको दक्षिणपश्चिमी भेगमा गहुँ, जौ, अरहर (रहरी) र बैशाखी तरकारी बालीमा नोक्सान गरेको हो।

National life

जिल्लाका भारतीय सीमावर्ती सोनमा, सम्सी, मनराशिवा, गौशाला, औरही, रामगोपालपुर र बलवासहितका स्थानीयतहका बस्तीमा हुरीबताससँगै असिनापानी परेको थियो। दुई/चार दिनभित्रै काट्ने तयारीमा रहेको गहुँबाली असिनाले चुटेर खेतमै लडाएको रामगोपालपुर-३ का मोहम्मद कादिर हुसैनले बताए।

असिनापानीले गहुँबालीमा सबैभन्दा बढी क्षति पुगेको छ। यसैगरी जौ, मुसुरो, चना र रहरी असिनाले चुटेर झारेको किसानको भनाइ छ। फर्सी, लौका र घिरौँलाजस्ता लहरे तरकारीमा क्षति पुगेको सोनमा गाउँपालिकाको खैरवनीका रामप्रताप यादवले बताए।

असिनापानी र हुरीबतासले भंगाहा र एकडाराको पश्चिमतर्फको भेगमा पनि क्षति पुर्‍याएको छ। महोत्तरीमा पाँच दिनयता पानी परिहेको छ। लामो समयपछि पानी पर्दा बालीनालीलाई राहत मिलेको भए पनि असिनापानी र हुरीबतासले किसानलाई ठूलो क्षति पुर्‍याएको छ। रासस

प्रकाशित: Mar 26, 2024| 17:01 मंगलबार, चैत १३, २०८०
प्रतिक्रिया दिनुहोस्