मंगलबार, असार ९, २०८३

निःशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित

 |  मंगलबार, चैत १३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १३, २०८०
National life
Shivam cement

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित भएका छन्। सहकारीका शेयर सदस्यलाई लक्ष्य गरी आयोजित निःशुल्क मधुमेह, उच्च रक्तचाप र दाँत जाँच शिविरमा दुई सय नौ जनाले सेवा लिएका छन्। 

शिविरमा मधुमेह, उच्च रक्तचाप र दाँतको जाँच तथा अन्य स्वास्थ्य समस्याका बारेमा जानकारी गराइएको थियो। शिविरमा बेनी अस्पतालका मेडिकल अधिकृत डा गोविन्द पोख्रेल, कोर स्माइल डेन्टल क्लिनिकका डा मोचन श्रेष्ठ र बेनी अस्पतालमा प्रयोगशाला प्राविधिक सहयोगी सीताराम श्रेष्ठले परीक्षण गरेका थिए।

प्रकाशित: Mar 26, 2024| 12:40 मंगलबार, चैत १३, २०८०
प्रतिक्रिया दिनुहोस्