बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मेडिकल कलेजको सम्बन्धनका लागि दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चको फैसला

मेडिकल कलेजको सम्बन्धनका लागि दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चको फैसला

 |  सोमबार, चैत १२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत १२, २०८०

काठमाडौं- झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको फैसला जारी भएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो । 

मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईंले २०७७ असार २१ र २०७७ असोज ३० गते काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायतका निकायलाई विपक्षी बनाएर दुईवटा रिट दायर गरेका थिए। 

सोमबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले फैसला जारी गरेको छ।

प्रकाशित: Mar 25, 2024| 16:51 सोमबार, चैत १२, २०८०
प्रतिक्रिया दिनुहोस्