सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • एसियाली राजमार्ग निर्माण : पश्चिम खण्डमा थालियो रुख कटानको काम

एसियाली राजमार्ग निर्माण : पश्चिम खण्डमा थालियो रुख कटानको काम

 |  सोमबार, चैत १२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत १२, २०८०

झापा- एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरू भएको छ।

National life

पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रूख कटान सुरू भएको हो। त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौंको जैन सीआर, एफ जि टुडी कम्पनीले पाएको छ।

एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म एक सय २० किलोमिटर सडक चार लेनको काम अघि बढेको जैन सीआर, एफ जी टुडी कम्पनीका प्रतिनिधि हरिप्रसाद पराजुलीले जानकारी दिए।

पश्चिम खण्डका क्षेत्रमा करिब छ हजार सात सय ३७ रूख कटान हुने तथा तीन वर्षभित्रमा सडक निर्माण गर्ने गरी सम्झौता भएको कम्पनीका प्रतिनिधि पराजुलीले जानकारी दिए।

एसियाली विकास बैंकको २८ अर्ब १७ करोड रूपैयाँको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व-पश्चिम राजमार्गको एक सय २० किमी क्षेत्र चार लेनको बन्ने भएको छ।

Laxmi sunrise bank
kumari

जम्मा ७१ नयाँ पुलसहित राजमार्ग विस्तार हुने कम्पनीका प्रतिनिधि पराजुलीले बताए। 

प्रकाशित: Mar 25, 2024| 21:31 सोमबार, चैत १२, २०८०
प्रतिक्रिया दिनुहोस्