बिहीबार, भदौ ११, २०८३

आयरल्याण्डले नेपाललाई दियो १२२ रनको चुनौती

 |  सोमबार, चैत १२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत १२, २०८०

काठमाडौं- आयरल्याण्ड ‘ए’ टोलीले ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि एक सय २२ रनको चुनौती दिएको छ। 
    
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रनको योगफल बनायो। 
     
आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ३९ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४६ रन बनाएका हुन्। त्यसैगरी म्याथ्यु हम्फ्रिज र लियाम मकार्थीले समान १६/१६ रन जोडे। 

म्याथ्युले १३ बलमा एक छक्का प्रहार गर्दै १६ रन जोडे भने लियामले सात बलमा दुई चौका र एक छक्काको सहयोगमा १६ रन बनाए। फिओन ह्यान्डले ११ रन बटुल्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। 

नेपालका लागि ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिए भने करण केसी र कुशल मल्लले समान एक/एक विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ। 

प्रकाशित: Mar 25, 2024| 15:05 सोमबार, चैत १२, २०८०
प्रतिक्रिया दिनुहोस्