बिहीबार, भदौ ११, २०८३

इलाम-२ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङ

 |  आइतबार, चैत ११, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ११, २०८०

काठमाडौं- नेकपा (एमाले)ले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। सुहाङ नेम्बाङ सोही क्षेत्रका एमाले नेता सुवास नेम्बाङका कान्छा छोरा छन्। सुवासको मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

यसैगरी बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यी दुवै क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ।

 

प्रकाशित: Mar 24, 2024| 15:57 आइतबार, चैत ११, २०८०
प्रतिक्रिया दिनुहोस्