शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मीठास पुरानै होली गीतमा

 |  आइतबार, चैत ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत ११, २०८०

काठमाडौं- होली रङको मात्रै पर्व होइन, यो सङ्गीतको पनि पर्व हो। होलीमा रङ जस्तै गीत सङ्गीतको स्थान पनि महत्वपूर्ण छ। त्यसो त हाम्रा हरेक पर्वमा गीत सङ्गीतको विशेष स्थान छ। तीज, दसैँ, तिहारलगायतका पर्वमा जस्तै होलीमा पनि सङ्गीतको विशेष महत्व छ। सङ्गीत विना हाम्रा पर्व अधुरा छन्।

himalayan bank box

‘होलीले रङ्ग्यायो मेरो चोली…’ चलचित्र अधिकारको यो गीत हरेक जसो होलीमा नछुट्ने गीतमा पर्छ। होली सुरु भएसँगै रेडियो, टेलिभिजन र युट्युवमा यो गीत बज्न सुरु भइहाल्छ।

राजेश हमाल, मिथिला शर्मा, कृष्टी मैनाली, प्रकाश थापा, राजाराम पौडेल, बसुन्धरा भुसाल र नीर शाहलगायतका कलाकारको नृत्य रहेको यो गीत मौलिकताकै कारण आजसम्म लोकप्रिय भएको धेरैको बुझाइ छ।

“इन्द्रेणी रङ लिइ आयो होली, फागुन महिनामा खेलौ होली… सरसरसर होली हो…’ शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको यस गीतमा उदितनारायण झा र दीपा नारायण झाले स्वर दिएका छन्। गीतले होलीको महत्व अझ बढाएको छ।

चलचित्र ‘वसन्ती’ मा समावेश ‘रातो रातो पहेँलो…’, होस वा चलचित्र ‘सीता’ मा समावेश ‘होली रे होली रे’ पनि अहिले पनि उत्तिकै लोकप्रिय छन्। होली पर्वलाई लक्षित गर्दै नयाँ गीत नबनेका होइनन् तर पुरानै गीतमा आकर्षण रहिरहनुलाई सङ्गीतकार अर्जुन पोखरेलले स्वाभाविक रुपमा लिएका छन्।

Metro Mart
vianet

उनले पुराना गीतमा चाडपर्वको प्रसङ्ग र सोही वातावरणमा गीतसङ्गीतको दृश्याङ्कन गरिएकाले ती गीत कालजयी भएको उनको बुझाइ छ। “पुराना चलचित्रमा अधिकांश गीतहरू प्रसङ्गसहित आएका थिएँ। त्यहि भएर दर्शकको रोजाइमा पर्न सफल भए। चलचित्रमा भएका गीतसङ्गीतले तुलनात्मकरुपमा बढी प्रचार पाउँछन्, सोही कारण पनि अहिले उक्त गीतहरू हामीले सुन्छौँ र उत्तिकै मन पर्छ”, सङगीतकार पोखरेलले भने।

सङ्गीतकार पोखरेल झैँ गायक कर्णराज गिरी पनि पुरानै गीतमा नाचगान गर्दै होली मनाउँछन्। नयाँ गीत आइरहेता पनि उनलाई स्मरण छैन। “म कार्यक्रममा होस् या मेला, महोत्सवमा होलीको सन्दर्भमा पुरानै गीत नै मन पराइन्छ। पुराना केही गीत जनजिब्रोमै छन्”, गायक गिरीले भने। यद्यपि पछिल्लोको होलीमा आधुनिक र हिन्दी गीत बढी गुञ्जिने हुँदा यसको मौलिकता हराउन सक्नेतर्फ धेरैले चिन्ता व्यक्त गरेका छन्।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ। सत्यको विजय र असत्यको नाश भएको उत्सवका रुपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ।

यो पर्वमा गीत-सङ्गीतको आफ्नै महत्व छ। ख्याली, टप्पा, जोगिरा र वसन्त राग गाउँदै अबिर लगाएर शुभकामना आदानप्रदान गरिने भएता पनि नेपाली चलचित्रका केही कालजयी गीत छन्, जसले होली आएको आभाष दिलाउने गरेका छन्। ती गीतहरू गाउँ होस् या सहर उत्तिकै गुञ्जिने गरेका छन्।

प्रकाशित: Mar 24, 2024| 12:45 आइतबार, चैत ११, २०८०
प्रतिक्रिया दिनुहोस्