मंगलबार, असार ९, २०८३

आईपीएलमा कोलकाताले हैदरावादलाई हरायो

 |  आइतबार, चैत ११, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ११, २०८०

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले सनराइजर्स हैदरावाद (एसआरएच) लाई पराजित गरेको छ।

National life

अस्ट्रेलियका प्याट कमिन्सको नेतृत्वमा रहेको एसआरएचले श्रेयस ऐय्यरको नेतृत्वमा रहेको केकेआरसँग ४ रनको पराजय व्यहोरेको हो।

पहिले ब्याटिङ गरेको केकेआरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। २०९ रनको लक्ष्य पछ्याएको एसआरएच निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रनमा समेटियो।

शनिबार नै भएको अर्को खेलमा पञ्जाब किङ्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। १७५ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेटको क्षतिमा ४ बल बाँकी रहँदै उक्त लक्ष्य भेट्टाएको हो।

आज दिउँसो पौने ४ बजे हुने खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सको सामना गर्नेछ। त्यस्तै राति पौने ८ बजे हुने खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई चुनौती दिँदैछ।

Shivam cement

प्रकाशित: Mar 24, 2024| 07:06 आइतबार, चैत ११, २०८०
प्रतिक्रिया दिनुहोस्