मंगलबार, असार ९, २०८३

आईपीएलको दोस्रो म्याचमा दिल्लीलाई पञ्जाबले हरायो

 |  शनिबार, चैत १०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १०, २०८०

काठमाडौं- जारी १७ औं संस्करणको आईपीएलको दोस्रो खेलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। पञ्जावले दिल्लीलाई ४ विकेटले पराजित गरेको हो।

National life

दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। पञ्जाबको जितमा साम कुरानले सर्वाधिक ६३ रन बनाएका थिए। कुरानले ४७ बलमा ६३ रन बनाएका थिए। त्यसैगरी लियाम लिभिङस्टोनले अविजित ३८ रन बनाए भने प्रभिसिमरन सिंहले २६ तथा कप्तान शिखर धवनले २२ रन बनाएका थिए।

त्यसैगरी दिल्लीका बलर कुलदीप यादवले २ विकेट लिए भने खलिल अहमद र इशान्त शर्माले एक एक विकेट लिएका थिए। यसअघि दिल्ली क्यापिटल्सले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो।

दिल्लीका लागि साइ होपले सर्वाधिक ३३ रन बनाए भने डेभिड वार्नरले २९ तथा मिचेल मार्शले २० रन बनाए। त्यस्तै अक्सर पटेलले २१ रन बनाए भने कप्तान ऋषभ पन्तले १८ रन बनाए। त्यसैगरी अभिषेक पोखरेलले १० बलमा ३२ रन बनाएका थिए। 

त्यसैगरी पञ्जावका बलर हर्षल पटेल र अर्शदीप सिंहले २-२ विकेट लिए भने कागीसो रबाडा, हरप्रित ब्रार र राहुल चहरले एक एक विकेट लिए।

Shivam cement

यो जितपछि पञ्जाबले ३ अंक हासिल गरेको छ भने दिल्ली अंकविहीन छ।

प्रकाशित: Mar 23, 2024| 19:57 शनिबार, चैत १०, २०८०
प्रतिक्रिया दिनुहोस्