बिहीबार, वैशाख ३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाले मस्कोलाई 'आतंकवादी हमला' हुनसक्ने पूर्वसूचना दिएको थियो

अमेरिकाले मस्कोलाई 'आतंकवादी हमला' हुनसक्ने पूर्वसूचना दिएको थियो

 |  शनिबार, चैत १०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १०, २०८०

मस्को- मार्चको सुरूमा रूसस्थित अमेरिकी दूतावासले अतिवादी समूहहरूले ‘मस्कोमा हुने कन्सर्टसहित ठूला जमघटहरूलाई लक्षित गर्ने’ योजना बनाइरहेको भन्ने समाचारहरूको अनुगमन गरिरहेको बताएको थियो।

National life

इस्लामी समूहद्वारा रूसको मस्को र अन्य ठूला शहरहरू विगतमा पनि आक्रमणहरूको निशाना बन्ने गरेका थिए। त्यहाँ कुनै स्पष्ट राजनीतिक उद्देश्य बिनाका घटनाहरू पनि भएका छन्।

एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले भनेको छ, ‘संयुक्त राज्य अमेरिकाले मार्चको सुरुमा रूसी अधिकारीहरूलाई मस्कोमा ठूला सभाहरूलाई लक्षित गरी ‘योजनाबद्ध आतङ्कवादी हमला’ हुनसक्ने सूचना दिएको थियो।’

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले वासिङ्टनले यो जानकारी रूसी अधिकारीसँग साझा गरेको बताए। सन् २००२ मा चेचेन पृथकतावादी लडाकुहरूले मस्कोको डुब्रोभ्का थिएटरमा आक्रमण गरी ९१२ जनालाई बन्धक बनाएका थिए।

विशेष सुरक्षा बलले बन्धकलाई रिहा गर्ने क्रममा थिएटरमा आक्रमण गर्दा १३० जनाको मृत्यु भएको थियो भने सबै आक्रमणकारी बन्दूकधारीहरूलाई आत्मसमर्पण गराउन सफल भएको थियो।   -एएफपी

kumari

प्रकाशित: Mar 23, 2024| 14:15 शनिबार, चैत १०, २०८०
प्रतिक्रिया दिनुहोस्