मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • साइकलको प्रयोगले वातावरण प्रदूषणरहित हुन्छः मुख्यमन्त्री जम्कट्टेल

साइकलको प्रयोगले वातावरण प्रदूषणरहित हुन्छः मुख्यमन्त्री जम्कट्टेल

 |  शनिबार, चैत १०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १०, २०८०

चितवन- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वास्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने बताएका छन्। 

National life

प्रज्ञा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता’को उद्घाटन गर्दै उनले साइकलको प्रयोग गर्दा हुने फाइदाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताए।

‘साइक्लिङ प्रदूषणरहित यात्रा हो। यसले स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ’, मुख्यमन्त्री जम्कट्टेलले भने। गाडीको विकल्पका रुपमा साइकलको प्रयोग गर्न सके मानव स्वास्थ्यलाई फाइदा हुने उनको भनाइ छ।

मन्त्री जम्कट्टेलले सहिदका सपना पूरा गर्नका लागि अविचलित भएर लाग्नुपर्ने बताए। उनले भने, ‘विभिन्न समयमा आन्दोलनमा लागेर सहिद भएकाको सपना भनेको समाजलाई व्यवस्थित बनाउने, सुशासन कायम गराउने, जनआधारित शासन प्रणाली सञ्चालन गर्ने हो। त्यसलाई पूरा गर्नका लागि अविचलित भएर हामी लाग्नुपर्छ।’

कार्यक्रमका संयोजक सन्तु दराईले नेपालीको स्वास्थ्य अवस्था राम्रो राख्नका लागि साइकलको प्रयोग बढाउनु पर्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। 

Shivam cement

प्रतिष्ठानका अध्यक्ष रेनु दाहालको अध्यक्षतामा प्रतियोगिता सुरु गरिएको थियो। प्रतियोगितामा देशभरका ८५ जना राइडरको सहभागिता छ। उनीहरुले चार दशमलव पाँच किलोमिटर दूरी साइक्लिङ गर्नेछन्। छ वटा विधामा हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रू ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार प्रदान गरिने छ। इलिट मेन, वमेन, मास्टर मेन, जुनियर मेन, स्पेसल चितवन मेन र वमेन विधामा प्रतियोगिता हुने आयोजकले जनाएको छ।

प्रकाशित: Mar 23, 2024| 13:59 शनिबार, चैत १०, २०८०
प्रतिक्रिया दिनुहोस्