मुम्बई – प्रियंका चोपडा र निक जोनसले दिसेम्बर १–२ डिसेम्बरमा जोधपुरको उम्मेद भनव प्यालेसमा बिहे गरे। बिहेपछि प्रियंका नयाँ लुकमा देखा परिन् । सिउँदोमा सिन्दूर, हातमा चुरा, घाँटीमा मगलसूत्र लगाएको उनको तस्बिर सार्वजनिक भएको छ।
उनको नयाँ तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा थुप्रै टीकाटिप्पणी हुन थालेको छ। उनका फ्यानले प्रियंकाको नयाँ लुकलाई मन पराएका छैनन्। उनको तस्बिरमा थुप्रै शुभचिन्तकले विभिन्न प्रश्न सोधेका छन्।
प्रियंकालाई सोधिएका विभिन्न प्रस्नको जबाफ उनकी आमा मधु चोपडाले ट्विटरमार्फत दिएकी छन्। उनले आफ्नी छोरीको नयाँ लुकसहित सार्वजनिक भएको तस्बिरमा गरिएका कमेन्टको उत्तर दिँदै लेखेकी छन्, ‘सिन्दूर अब बन्धनको पर्याय रहेन, हेर्दै जानुस् प्रियंका आफूलाई प्रत्येक दिन अब्बल साबित गरिरहेकी हुनेछिन्।’
बिहेपछि प्रियंका निकले दिल्लीमा पार्टी दिएका थिए। उक्त पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भएका थिए। अब उनीहरुले २० डिसेम्बरमा मुम्बईमा बलिउड स्टारहरुलाई पार्टी दिने योजना बनाएका छन्। उनीहरुले बान्द्राको एक पाँचतारे होटललाई पार्टीका लागि फाइनल गरेको खबर बाहिरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४