आइतबार, वैशाख १३, २०८३

भेरी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमबाट सेवा लिने बढे

 |  शुक्रबार, चैत ९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ९, २०८०

बाँके- नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका छन्।

National life

गत आवको यही समय अवधिमा २६ हजार ९८७ जना सेवाग्राहीले अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिएका थिए। अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गर्दा एकाइबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या घट्दै गएको छ।

अस्पतालका अनुसार चालु आवको साउनदेखि फागुनसम्म सामाजिक सेवा एकाइबाट पाँच हजार छ सय ७६ जना जना गरिब तथा असहाय र ज्येष्ठ नागरिकले सेवा लिएका थिए। कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ९७ जना शारीरिक अपाङ्गता भएका व्यक्ति, गरिब असहाय, महिला, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, थुनुवा तथा भूकम्पपीडितलाई उक्त सेवा प्रदान गरिएको हो।

त्यसैगरी यो आठ महिनामा एक हजार छ सय ७९ जना ज्येष्ठ नागरिकले सो सेवा लिएका छन्। गत वर्षको साउनदेखि फागुनसम्मको अवधिमा उक्त एकाइबाट सेवा लिनेको सङ्ख्या छ हजार छ सय ८७  थियो। यसैगरी , चार हजार पाँच सय ३३ जना शारीरिक अपाङ्गता भएका व्यक्ति, गरिब असहाय, महिला, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, थुनुवा तथा भूकम्पपीडितलाई उक्त सेवा प्रदान गरिएको थियो।

अस्पतालले विपन्न नागरिक उपचार कोषमार्फत पनि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ। सिकलसेल, मुटुरोग, स्पाइनल कर्ड इन्जुरी, हेड इन्जुरी तथा हेमोडायलासिसका बिरामीलाई सरकारले तोकेको मापदण्डअनुसार एक जना बिरामीलाई एकपटकमा रु एक लाखसम्मको निःशुल्क सेवा प्रदान गर्दै आएको छ।

kumari

प्रकाशित: Mar 22, 2024| 22:01 शुक्रबार, चैत ९, २०८०
प्रतिक्रिया दिनुहोस्