सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

साढे ५६ लाख बालबालिकाले लगाए दादुरा-रूबेलाको खोप

 |  बिहीबार, चैत ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ८, २०८०

काठमाडौं- सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन्।

triton college

दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिका खोप लगाउने लक्ष्य रहेकामा  ५६ लाख ४३ हजार नौ सय १२ जनाले बालबालिका खोप लगाएका हुन् ।

‘हाम्रो लक्ष्यअनुसार नै बालबालिकाले खोप लगाएका छन्,' उनले भने, ‘जिल्लाबाट प्राप्त प्रारम्भिक चरणको प्रतिवेदनमा ९६ प्रतिशतले खोप लगाएका पाइएको छ।’

सरकारले यस वर्ष दादुरा रुवेलाको  सङ्क्रमणलाई ध्यान दिदै पश्चिम रुकुम र जाजरकोट जिल्ला बाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको  थियो। पश्चिम रुकुम र जाजरकोटमा यसअघि नै अभियान सञ्चालन भएको थियो ।

Metro Mart
vianet

भारतसँग सीमा जोडिएका २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइएको थियो।

खोप अभियान सफल बनाउन देशभर ४८ हजार सात सय ९८ खोप केन्द्रमा ४९ हजार नौ सय ३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयंसेवक परिचालन गरिएको थियो।

प्रकाशित: Mar 21, 2024| 20:31 बिहीबार, चैत ८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जाडो मौसममा हृदयाघातबाट कसरी बच्ने?

जाडो मौसममा हृदयाघातबाट कसरी बच्ने?

हाम्रो वरपर धेरै यस्ता रोगहरू छन्, जसको सिकार हामी जुनसुकै बेला पनि हुन सक्छौं। यस्तो अवस्थामा हामीले यी रोगहरूबाट आफूलाई बचाउन आवश्यक छ।