काठमाडौं- सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त संकल्प सार्वजनिक गरिएको हो।
जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको सङ्कल्पमा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ। सत्तारूढ गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) समावेश छन्।
फागुन २९ गते पाँच राजनीतिक दलबीच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न कार्यदल बनाएको थियो। पाँच दलबीच भएको सात बुँदे सहमतिका आधारमा कार्यदलले 'न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प' तयार गरेको हो।
यस्तो छ पूर्णपाठ