बिहीबार, भदौ ११, २०८३

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली

 |  मंगलबार, चैत ६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ६, २०८०

कैलाली- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाएका छन्।
 
आज प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरर्जस्ती बदनाम गराउन खोजिएको दाबी गरे। लामिछानेको सहकारीसँग कुनै सम्बन्ध नभएको भन्दै उनले छानबिनमा कुनै प्रभाव नपर्ने जिकिर गरे। उनले सहकारीपीडितले चाँडै न्याय पाउने समेत उल्लेख गरेका छन्। ‘कुनै मन्त्री वा सांसदविरुद्ध उजुरी पर्दैमा पद नरहने भए मन्त्री र सांसद सबै खाली हुने अवस्था हुने थियो’, उनले भने। 

उनले प्रदेश सरकारको भागबण्डा र कम्युनिष्ट पार्टीबीचको एकीकरणबारे अनुमानका भरमा प्रतिक्रिया दिन नहुने टिप्पणी गरे। सोमबार एमाले डडेल्धुराको नवौँ अधिवेशन उद्घाटन गरेर धनगढी आएका ओली आज काठमाडौँ फर्किएका छन्। 

प्रकाशित: Mar 19, 2024| 16:19 मंगलबार, चैत ६, २०८०
प्रतिक्रिया दिनुहोस्