बिहीबार, भदौ ११, २०८३

स्ववियु निर्वाचनको एक वर्ष: के-के गरे विश्वविद्यालय क्याम्पस कीर्तिपुरका सभापति ओझाले ?

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको एक वर्ष पुगेको छ। त्रिभुवन विश्वविद्यालयको ऐनमा व्यवस्था गरिएको विद्यार्थीहरूको साझा संस्था तथा विश्वविद्यालयको आधिकारिक एक अंग हो स्ववियु।

करिब १५ वर्षसम्म स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलन, विद्यार्थीका सवालहरू ओझेलमा परिसकेका थिए। २०७९ चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनले पुनः विद्यार्थीका मुद्दाहरूलाई सम्बोधन स्थापित गर्दै नेतृत्व विकासमा टेवा पुर्याएको छ।

यसैबीच, त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस कीर्तिपुरका स्ववियु सभापति श्यामराज ओझाले आफ्नो एक वर्षे रिपोर्ट कार्ड सार्वजनिक गरेका छन्। सोमबार पत्रकार सम्मेलन गरेर उनले आफू नेतृत्वको २१ सदस्यीय समितिले गरेका कामको फेहरिस्त सार्वजनिक गरेका हुन्। साथै उनले आगामी योजना पनि प्रस्तुत गरेका छन्।

यस्तो छ ओझाको एक वर्षे रिपोर्ट कार्ड र आगामी योजना


 

प्रकाशित: Mar 18, 2024| 20:39 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्