शनिबार, वैशाख १५, २०८१

महरा पक्राउ पर्दा गगनले दिए सरकारलाई धन्यवाद

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुन प्रकरणमा मुछिएका नेकपा माओवादी (केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएको छ।

triton college

प्रतिनिधि सभाको सोमबारको बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेबाट समय लिएर बोलेका कांग्रेस सांसद गगन थापाले महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन्।

उनले भने, ‘केही समयअगाडि प्रतिपक्षी ठाउँबाट नेकपा (एमाले) ले सदनमा एउटा विषय जोडदार ढंगले उठायो। सुन प्रकरणमा शक्तिशाली मानिसहरू संलग्न भएका छन्, त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सही टुंगोमा पुग्न सक्दैन। शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षीको आशंका सही सावित भयो।’

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको र मुद्दा चलाउन सिफारिस भएका कृष्णबहादुर महरा पक्राउ परेकोमा उनले सरकारलाई धन्यवाद दिए। ‘आयोगले प्रतिवेदन बुझाएको छ। भर्खर हामीले समाचार सुन्यौं- कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ। सरकारलाई धन्यवाद छ,’ उनले भने, ‘यसमा सरकारलाई हाम्रो पूर्ण साथ छ।’

प्रकाशित: Mar 18, 2024| 11:27 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्