बुधबार, असार १०, २०८३

बाबुरामले खारेज गरे प्रचण्डसँगको एकता सहमति

 |  आइतबार, चैत ४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ४, २०८०

काठमाडौं- नेपाल समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले महिन्द्र राय यादव समूहले नेकपा माओवादीसँग गरेको एकताको सहमति खारेज गरेको छ।

National life

यादवले पार्टी फुटाएपछि अध्यक्ष बाबुराम भट्टराईले आज केन्द्रीय कार्यकार्यकारिणीका नेतासँग छलफल गरेर सहमति खारेज गरेका हुन्।

पार्टीको विधि तोडेर सत्ता समीकरणको खेलमा यादवसहित नेता लागेकाले माओवादीसँगको एकताको विज्ञप्ति खारेज गरिएको र यससम्बन्धी भोलिको केन्द्रीय समिति बैठकले थप निर्णय गर्ने बताइएको छ।

बाबुरामसँग विभाजित भएर अर्का अध्यक्ष महिन्द्र यादव पक्षका नेताहरूले हिजो माओवादीसँग एकताको लागि चार बुँदे सहमति गरेका थिए।

शनिबार माओवादी केन्द्र र मन्हिन्द्र पक्षीय नेताको संयुक्त बैठकबाट पार्टी एकताका निम्ति तयारी गर्न कार्यदल गठन गरिएको छ। कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा र नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव छन्।

Shivam cement

सो बैठकमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ र नेपाल समाजवादी पार्टीका तर्फबाट अध्यक्ष यादव, सहअध्यक्ष श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए।

 

प्रकाशित: Mar 17, 2024| 15:09 आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्