आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँ: प्रधानमन्त्री दाहाल

सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँ: प्रधानमन्त्री दाहाल

 |  आइतबार, चैत ४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ४, २०८०

काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन्। आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

National life

प्रधानमन्त्री दाहालले भने, ‘कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ‘ट्रान्सफर’ हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ।’

प्रधानमन्त्री दाहालले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताए। उनले भने, ‘राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई–मधेसलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई–मधेसलाई जोडेर उत्तर–दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ।’

केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले स्पष्ट गरे। उनले भने, ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशको राजनीति सही बाटोमा आएको छ।’

प्रकाशित: Mar 17, 2024| 11:52 आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्