शनिबार, फागुन २३, २०८२

नि:शुल्क डाइलासिस घोषणामा मात्रै, मासिक एक लाख तिर्न बाध्य बिरामी

 |  शनिबार, चैत ३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३, २०८०

भरतपुर- सरकारले मिर्गौलाका बिरामीलाई निःशुल्क डाइलासिसको व्यवस्था गरे पनि पर्याप्त मेसिन नहुँदा बिरामी मासिक एक लाख रुपैयाँसम्म तिर्न बाध्य छन्। चितवनसहित छिमेकी जिल्लाबाट यहाँ आउने बिरामी निःशुल्क सेवा दिने मेसिन अभावमा निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका हुन्।

National life

भरतपुर, बकुलहर रत्ननगर अस्पताल र चितवन मेडिकल कलेजमा निःशुल्क डाइलासिस सेवा भए पनि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा भने बिरामी महँगो शुल्क तिर्न बाध्य भएका मिर्गौला पीडित सरोकार समाज चितवनका अध्यक्ष जीवनाथ पराजुलीले बताए। निःशुल्कमा पालो नपाउँदा चर्को मूल्यमा डाइलासिस गराउन बाध्य भएका उनको भनाइ छ।

पराजुलीका अनुसार कलेज अफ मेडिकल साइन्सेसमा शुरुमा गएका बिरामीले एक पटकमा आठ हजार तिर्नुपर्ने हुन्छ। हप्ताको तीन पटकसम्म डाइलासिस गराउनुपर्नेले मासिक एक लाखभन्दा बढी तिर्नुपर्ने उनले बताए। यसका अतिरिक्त अन्य परीक्षण गर्नुपर्दा, आउजाउ तथा बसाइँ खर्चलगायत लगायत सबै बिरामीले बेहोर्नु परेको उनको भनाइ छ।

पुराना बिरामीले आवश्यक कागजात पेश गरेपछि एक पटकको पाँच हजार तिर्ने गरेका मिर्गौला पीडित सरोकार समाजका अध्यक्ष पराजुलीले जानकारी दिए। ‘धेरै पुराना तीन जना बिरामीले भने एक पटकमा तीन हजार तिर्ने गरेका छन्’, उनले भने।

पराजुलीले डाइलासिस मेसिन थपेर सबैलाई निःशुल्क हुनुपर्नेमा जोड दिए। मेडिकल कलेजमा २०७८ असोज अघिसम्म डाइलासिस निःशुल्क हुने गरेकामा अहिले शुल्क तिर्नुपरेको उनले बताए। अस्पतालमा १२ मेसिनमध्ये अहिले आठ वटा मात्र सञ्चालनमा रहेको अस्पताल प्रशासनले जनाएको छ।

Laxmi sunrise bank
kumari

जिल्लामा सबैभन्दा बढी भरतपुर अस्पतालमा १७ मेसिन सञ्चालनमा छन्। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले २४सै घण्टा र बिदाको दिनमा डाइलासिस सेवा प्रदान गरिँदै आइएको जानकारी दिए।

चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा चार वटा सञ्चालनमा छन् भने थप पाँच मेसिन सञ्चालनको तयारीमा छन्। बकुलहर रत्ननगर अस्पतालमा १० वटा मेसिन सञ्चालनमा छन्।

भरतपुर महानगरपालिका–१२ की हिरामती लामाले दुई दिन बिराएर अस्पताल जानुपर्दा पीडा हुने गरेको बताउनुभयो। अस्पतालमा आलोपालो गरिने हुँदा कुरेर राति डाइलासिस गराउनुपर्ने बाध्यता रहेको उनले बताए। 

प्रकाशित: Mar 16, 2024| 11:01 शनिबार, चैत ३, २०८०
प्रतिक्रिया दिनुहोस्