शुक्रबार, भदौ १२, २०८३

भाटभटेनीमा जलेको अवस्थामा शव फेला

 |  सोमबार, भदौ ३०, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ३०, २०८२

विराटनगर । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव अर्थात मानव कंकाल फेला परेको छ।

मोरङ प्रहरीका अनुसार सोमबार बिहान सफाइ गर्ने क्रममा सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगजनी र लुटपाटका क्रममा घटनास्थलमै कसैको मृत्यु भएको हुन सक्छ।

जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटहरू आन्दोलनकारीहरुको निसानामा परेको यियो।

धरान र विराटनगरको भाटभटेनी भने ध्वस्त छ। धरानस्थित भाटभटेनीमा आगजनी हुँदा चार जनाको ज्यान गएको थियो।

प्रकाशित: Sep 15, 2025| 17:50 सोमबार, भदौ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्