शनिबार, चैत २८, २०८२

कांग्रेसको अवरोधले संसद् बैठक अवरुद्ध

 |  शुक्रबार, चैत २, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २, २०८०

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। शुक्रबारको बैठकमा सहकारी समस्या र गृहमन्त्रीबारे उठेका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै कांग्रेस सांसदहरुले संसद् बैठक चल्न नदिएका हुन्।

National life

राजनीतिक दलसम्बन्धि प्रस्ताव पेश गर्न सभामुखले गृहमन्त्री रवि लामिछानेलाई समय दिएलगत्तै कांग्रेस सांसदहरु उठेर विरोध गरेका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद राजेन्द्र केसीलाई बोल्न समय दिएका थिए। केसीले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्रीबारे सरकारको जवाफ नआएकाले बैठक चल्न नसक्ने बताए।

सभामुखले उठेर विरोध गरेका सांसदहरुलाई बस्न आग्रह गरे पनि सांसदहरु नबसेकै बेला सभामुख घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। पाण्डेलाई बोल्न दिएपछि कांग्रेस सांसदहरुले पुन विरोध गरेका थिए।

प्रकाशित: Mar 15, 2024| 14:19 शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्