शनिबार, चैत २८, २०८२

मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाइयो

 |  शुक्रबार, चैत २, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेकोमा आज शुक्रबार अचानक बैठक बोलाइएको हो।

National life

उच्चस्तरीय छानबिन समितिले सुन तस्करीबारेको प्रतिवेदन बुझाएपछि उत्पन्न तरंगपछि आवश्यक निर्णय लिन बैठक डाकिएको बुझिएको छ। समितिले मा‌‌‌‌ओवादी उपाध्यक्ष कृष्णबहादुर महरालगायतलाई मुद्दा चलाउन सिफारिस गरेको छ।

आज बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका थिए। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन उपप्रधान एवं गृहमन्त्रीलाई निर्देशन दिए। प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेका छन्।

आयोगले बिहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्य र अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

प्रकाशित: Mar 15, 2024| 13:43 शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्